• सोमबार ३-३२-२०८१
  • 02:41:45

बृद्धबृदालाई काेटीहाेम महायज्ञमा दर्शन गर्न वडा अध्यक्षले गरे गाडीको व्यवस्था

अछामकाे बैद्यनाथ धाममा १४४ बर्षपछी लागेकाे काेटीहाेम महायज्ञ सञ्चालन भईरहेकाे छ । फागुन १० बाट सुरु भएकाे महायज्ञ २५ गते शिवरात्री सम्म चल्नेछ । काेटीहाेम महायज्ञमा दर्शन तथा दान गर्न नेपाल र भारतबाट समेत भक्तजनकाे घुइँचो लागेकाे छ ।

यसैबीच अछामकाे मेल्लेख गाउपालिका वडा नम्बर ५ विन्देवासिनीले वडामा रहेका बृद्धबृदाहरुका लागि यातायातको व्यवस्था गरेर दर्शनको गर्ने व्यवस्था मिलाएको छ । वडामा रहेका गरिब तथा विपन्न जेष्ठ नागिरककाे सहजताकाे लागि अाफुले सहयाेग गरेकाे वडा अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । वडामा अध्यक्ष अधिकारीले एमबिबिएस डक्टरद्वारा घुम्ती सिबिर सञ्चालन देखि अन्य सिर्जनात्मक काम गरिरहेकाे छन ।

प्रतिकृया दिनुहोस