• मंगलबार २-७-२०८२
  • 09:06:08

हाम्रो बारेमा

आम नागरिकलाई सूसुचित गराउने अभियानमा अछाम खबर
 

विश्वव्यापी रुपमा अहिले सबै भन्दा तिव्र गतिले बिकास भइरहेको क्षेत्र नै संचार हो । तिव्रगतिमा भइरहेको संचारको बिकासले नै आज संसारलाई निकै साँघुरो बनाईसकेको छ । संचारका बिभिन्न माध्यम मध्य छापा संचारमाध्यमको पनि बिकास र विस्तार पनि सँगसँगै भइरहेको छ ।

अनलाईन माध्यमले पनि अन्य माध्यम जस्तै आम पाठकको मन जित्न सफल भइरहेको छ । संचार क्षेत्रको तिव्र गतिमा भइरहेको बिकासको बीचमा सुदूरपश्चिम र त्यसमा पनि अछाम जस्तो स्रोत साधनको प्रयाप्तता नभएको जिल्लाका आम नागरिकलाई सूसुचित गराउने मुख्य उद्देश्य राखेर  प्रकाशन आरम्भ गरेका छौ । जिल्लामा संचालित विद्युतिय तथा छापा माध्यमले हाल सम्म समाजमा जुन भूमिका खेलिरहेका छन त्यसमा अछाम खबरले एउटा इटा थप्ने काम अवश्य गर्ने छ ।

आम नागरिकलाई सूचनाको हक बारे सचेत गराउँदै सार्वजनिक महत्वका सूचना नियमति रुपमा सार्वजनिक गरी आम नागरिकलाई जानकारी गराउने बिषयमा सम्बन्धित पक्षलाई सधैँ घच्घच्याउने काममा अग्रपंतिमा रहने यो अनलाईन पत्रिका संचारका साधनहरुको भीँडमा एउटा  फरक पहिचान बोकेको पत्रिका बनाउनेमा पत्रिका प्रकाशन टिम दत्तचित्त भएर लाग्ने छ ।

स्थानीयस्तरका समस्या पहिचानका साथै समस्या समाधानका उपाय तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काममा यो अनलाईन एक सशक्त संचार माध्यमको रुपमा स्थापित हुने छ भन्ने कुराको आम पाठकलाई विश्वस्त तुल्याउन चाहान्छौ । समाजको ऐना बन्ने मुलनारा अंगालेको यस अनलाईन पत्रिकाले आम नागरिकलाई सूसुचित गर्नुका साथै शु–साशन र पारदर्शीताका पक्षमा जनचेतनामुलक सामाग्रीको खोजी गरी प्रकाशन गर्ने छ ।

आमनागरिकको अधिकारको पक्षमा मात्र संचार वकालत गर्ने मात्र नभएर नागरिकका अधिकारका साथसाथै कर्तव्य पालना गराउने बारेमा समेत यो दैनिकले नियमित रुपमा कलम चलाउने छ । कुनै पक्ष वा विपक्षमा उभिएर कलम चलाउने नभएर हामी निष्पक्षतामा अडिग रहेर कलम चलाउने कुरा आम पाठक बर्ग समक्ष प्रतिवद्धतासमेत जनाउन चाहान्छौ । साथै पाठक बर्गका सकारात्मक सुझावको हामी सदैब उच्च सम्मान समेत गर्नेछौ ।

खम्म खत्री 
प्रकाशक / सम्पादक 
khamma.khatri2012@gmail.com
9848472504