• सोमबार ६-१९-२०८३
  • 05:42:33

बासुकी माविमा १२ कक्षा सञ्चालनकाे लागि देउसीभैलाे कार्यक्रम

अछामकाे मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्काेटमा रहेकाे बासुकी माध्यमिक विद्यालयमा १२ कक्षा सञ्चालनकाे लागि देउसीभैलाे कार्यक्रम २०८२ सञ्चालन गरिएकाे छ ।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष गाेकुल शाहकाे नेतृत्वमा सञ्चालन गरिएको देउसीभैलाे कार्यक्रममा साेमवार सम्म ४ लाख बढी रकम संकलन गरीएकाे जनाईएकाे छ ।

कुस्काेटकाे सबै टाेलमा सञ्चालन गरिने कार्यक्रमवाट संकलित रकमवाट १२ कक्षा सम्म सञ्चालन र विद्यालयमा अक्षयकोष स्थापना गरिने अध्यक्ष शाहले जानकारी दिनुभयाे ।

विद्यालयलाई माया गर्ने देश तथा विदेशमा रहेका कुस्काेटबासी र छिमेकीहरुले आर्थिक सहयाेग गरिरहेका छन । 

प्रतिकृया दिनुहोस
↑