• आइतबार ६-२०-२०८१
  • 01:20:02

चैत्र ११ गतेदेखि साफेवगर नगरपालिका बन्द हुने

अछामकाे साफेवगर नगरपालिकाले चैत्र ११ गतेवाट अाकस्मिक वाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेकाे छ । काेराेना भाइरसले विश्व अाक्रान्त भएकाे बेला स्वास्थ्य तथा सरसफाइ सेवा बाहेक कार्यालयले प्रदान गर्ने सबै सेवा २१ गते सम्मकाे लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयाे ।

काेराेना प्रभावित मुलुक भारतवाट थुप्रै अछामी भित्रीरहेकाले अछामकाे साफेवगर निकै जाेखिममा रहेकाेले नगरपालिकाकाे कार्यालयले कामकाज राेकेकाे हाे । नगरपालिकाले विज्ञप्ती जारी गर्दै धेरै भिडभाड नगर्न तथा सजकता अपनाउन अाग्रह गरेकाे छ । साथै काेराेना संक्रमण हुनवाट बच्ने उपायहरु अपनाउन, लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नपनि नगरपालिकाले अनुराेध गरेकाे छ ।

प्रतिकृया दिनुहोस