• आइतबार ६-२०-२०८१
  • 01:29:50

नगरको निगरानीमा प्रदेशका योजना

सुदुरपश्चिम प्रदेश सरकारबाट कार्यान्वनमा आएका साँफेवगर नगरपालिकाका सबै वडा तहहरुका योजनाहरुको नगरपालिकाले कडा निगरानी गर्ने भएको छ । योजनाको काम गणस्तरियता सहित समयमै सम्पन्न होस भन्ने हेतुले नगरले निगरानी गर्ने भएको हो । 

नगरपालिकाले नगर क्षेत्रभित्रका योजनाहरुको कार्य सम्पन्न भुक्तानी गर्दा वडा कार्यालयको सिफारिसपत्र र नगर अनुगमन समितीको गुणस्तर प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको हो । योजनाहरुको समिती गठन गर्दा समेत पालिकाले निगरानी गर्ने निर्णय भएको साँफेवगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद शर्माले बताउनुभयो । बेला बेलामा नगर अनुगमन समितीले योजनाहरुको अनुगमन मुल्यांकन गर्नेछ । विहिवार (१६) गते बसेको दोस्रो नगरसभाको ९ आंै अधिवेशनको दोस्रो बैठकमा उक्त निर्णय गरिएको हो ।

 वडा कार्यालयको सिफारिसपत्र तथा नगर अनुगमन समितीको प्रतिवेदन बिना योजनाको भुक्तानी भएको खण्डमा सम्बन्धीत निकायमा लेखी पठाउने निर्णय समेत भएको छ । कमिशनको चलखेलमा भित्रीने प्रदेश सरकारको कतीपय योजनाहरुको गरणस्तरहिन काम हुने गरेको आरोप लाग्ने गरेको छ । 

आर्थिक वर्ष २०७९÷०८० मा साफेबगर नगरपालिकाको वडा नम्वर १ मा तीन करोड वडा नम्वर २ मा उनान्सत्तरी लाख वडा नम्वर ३ मा चार करोड ६३ लाख वडा नम्वर ४ मा नौ करोड ३८ लाख वडा नम्वर ५ मा २ करोड ५३ लाख वडा नम्वर ६ मा ५ हजार वडा नम्वर ७ मा ४ करोड ९४ लाख वडा नम्वर ८ मा ८ करोड २६ लाख वडा नम्वर ९ मा २ करोड १७ लाख वडा नम्वर १० मा १ करोड ५८ लाख वडा नम्वर ११ मा ७३ लाख वडा नम्वर १२ मा ३७ लाख वडा नम्वर १३ मा १ करोड ४० लाख र वडा नम्वर १४ मा ६ लाख रुपैयाको योजना रहेको नगर प्रबक्ता मक्कर कुँवरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस