• आइतबार ६-२०-२०८१
  • 01:18:41

नगरप्रमुखकाे सुविधाबाट विपन्नलाई दशै खर्च

२०८० सालको दशै सुरु भइसकेको छ । सुनसान गाउँहरु एकाएक भरिएका छन । रोजगारी र अन्य कामको खोजीमा घर बाहिर रहेकाहरु परिवारसंगै दशै मनाउन हर्ष उल्लासका साथ फर्किरहेका छन । शुभकामना आदानप्रदान उपहार र कोशेली साटासाटको क्रम पनी उस्तै छ ।

यस्तै अछामको साफेवगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुवरले आफुले पाएको सेवा सुविधाको रकम नगर भित्रका विपन्न र टुहुरालाई दशै खर्च हस्तान्तरण गरेर दशै मनाएका छन । नगरभित्रका १८ जना आमा बुवा दुबै गुमाएका बालवालिकालाई प्रती ब्यक्ती दुइ हजार पाच सय रुपैयाका दरले ४५ हजार रुपैया हस्तान्तरण गरेका छन । 
नगरप्रमुख कुवरले आफन्त विहिनहरुको दशै कस्तो हुन्छ आफुले भोगेको सुनाउद,ै आमा बुवा दुबै गुमाएका बालवालिकाले दशैको दिन मासुभात खान सुकुन भनेर आफ्नो सुविधा बापतको रकम हस्तान्तरण गरेको बताए । 

प्रतिकृया दिनुहोस