• आइतबार ६-२०-२०८१
  • 01:16:41

सामाजिक विकास मन्त्री साँउद योजनाहरूको शुभारम्भ, अनुगमन तथा निरिक्षणमा ब्यस्त 

सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री झपट साँउदले प्रदेश सरकारले आर्थिक बर्ष २०८०।०८१ मा विनियोजित योजनाहरूको अनुगमन निरिक्षण तथा शुभारम्भ गर्नुभएको छ । अछाम क्षेत्र नम्वर १ प्रदेशसभा ख वाट निर्वाचित मन्त्री साँउदले मेल्लेख ७ नन्देगडामा रहेको जानकी आधारभूत विद्यालयको २ कोठे भवनको सिलान्यास गर्नुभएको छ । यस्तै पिपलचौर मा वि ठाटी र मष्टामाण्डौ आधारभूत विद्यालय ऋषिदहको २ कोठे भवनको सिलान्यस तथा जनशिका क्याम्पस मेल्लेखको घेरापर्खालको सिलान्यास गर्नुभएको छ । 


कार्यक्रममा सम्बोधनको क्रममा मन्त्री साँउदले जनताले विश्वास गरि  प्रदेश सरकारको क्याबिनेटको सदस्यमा जिताएकोमा आभार व्यक्त गर्दै जुन विश्वास, अपेक्षा गरि आफुलाई निर्वाचित गरेर पठाउनु भएको छ, यसको ऋण आफुले जनताको हितलाई सर्वोपरि राख्दै विकासलाई गति दिने काममा आफू लागिपर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयको नेतृत्व गरिरहदा केही जनताका मुद्दालाई प्राथमिकतामा राखी केही नीतिगत र प्रशासनिक काममा लाग्नु परेकोले आफू आफ्नो प्रदेश निर्वाचन क्षेत्रमा आउन ढिलो आएपनि यहाँको आवश्यकता, मागको बारेमा आफू सदैव जानकार रहेको समेत उहाले बताउनुभयो ।


राष्ट्रिय रुपमा देखा परेको आर्थिक संकुचन बाब्जुत पनि आफुले अछामका प्रायः सबै स्थानीय तहमा कुनै न कुनै रुपबाट सम्वोधन गरेको बताउनुभएको छ । खेलमैदान होस वा विधालय भवन तथा घेरापर्खाल वा बर्थिङ सेन्टर वा स्वास्थ्य चौकी भवनमा पर्याप्त बजेट नभएको महसुस गर्दै केही मात्रामा भएपनी समावेश गर्न सकिएको र बाँकी कामहरुलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत उहाले व्यक्त गर्नुभयो । मन्त्री साउद अझै केही दिन अछामकै कार्यक्रममा ब्यस्त रहने सचिवालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस