• सोमबार ३-३२-२०८१
  • 02:41:44

सुदूर पहाडी जिल्ला मध्ये चौरपाटीमा ठुलो खेलमैदान निर्माण

चौरपाटी गाउँपालिकामा सुदूरपश्चिमका पहाडी जिल्ला मध्ये सबै भन्दा ठुलो खेलमैदान निर्माण भएको दाबी गरिएको छ । निमार्ण कार्य सम्पन्न बाकी चौरपाटी खेलकुद मैदान १२० मिटर लम्वाई र १३० मिटर चौडाई रहेको रहेको बताईएको छ । उक्त मैदानलाई कबडहलको रुपमा विकास गरिने बताइएको छ । यद्धपी १४ औ राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता भने बुधबारवाट सो मैदानमा सञ्चालन गरिएको छ । खेलमैदानको स्तरउन्नती कार्यभने जारी रहेको गाउँपालिकाले जनाएको छ । 


रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले सुदुरपश्चिमको पहाडी जिल्लमा सबै भन्दा ठुलो खेलकुद मैदान निमार्णको क्रममा रहेको उल्लेख गर्दै पालिकाका सात वटै वडामा खेलकुद मैदान निर्माणको क्रममा रहेको समेत जानकारी दिनुभएको छ । यस्तै उहाँले मुलुकलाई विश्व सामु चिनाउन खेल जगतको ठूलो भुमिका रहेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रको गौरव बढाउने र नेपालको शिर उच्च गराउने कार्यमा खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै आगामि दिनमा खेलकुद क्षेत्रको विकासको लागि अन्य प्रतियोगिताको आयोजना गर्ने लक्ष्य गाउँपालिकाको रहेको जानकारी समेत दिनुभएको छ । चौरपाटी गाउँपालिकाको निर्माण भएको खेलकुद मैदानलाई राष्ट्रियव्यापी चिनाउने उद्देश्य रहेको समेत उहाको भनाई छ । यो मैदानमा गाउँपालिकाले चाँडै जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको पनि आयोजना गर्न लागिएको समेत जानकारी दिनुभयो । अध्यक्ष साउदले आगामि वर्षमा चौरपाटी गाउँपालिकामा जिल्ला स्तरीय राष्ट्रिपति शिल्ड रनिङ्ग प्रतियोगिताको आयोजनाको लागि पहल गर्ने समेत आश्वासन दिनुभएको छ । 


गाउँपालिकाका उपाध्यक्ष सरदेवि खड्काले खेलाडीहरुले खेलमा अनुशासित पूर्वक खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्रशिक्षकहरुलाई निष्पक्ष रुपमा खेल खेलाउनको लागि आग्रह गर्नुभयो । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रामबहादुर थापाले खेलकुदका माध्यमबाट राष्टिको शिर उच्च राख्न सकिने बताउनुभयो । गाउँपालिका स्तरीय खेलकुद समितिका अध्यक्ष तुलबहादुर साउदको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभापति महेश खड्का, नेपाली कांग्रेसका गाउँ कार्य समिति उपसभापति कल्लान सिंह थापा नेकपा एमालेका गाउँ कमिटी उपाध्यक्ष प्रेम खड्का लगायतको सहभागिता रहेको थियो । समाजिक विकास शाखाका प्रमुख लालबहादुर धामीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ । कार्यक्रममा पार्टी प्रतिनिधि, वडा अध्यक्ष लगायत सरोकारवालको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस