• आइतबार ६-२०-२०८१
  • 04:16:39

१४४ बर्षमा वैद्यनाथ कोटिहोम महायज्ञ हुदै, राष्टपतीले उद्घाटन गर्ने

वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समिति २०८० को वैठक शनिवार वैद्यनाथ क्षेत्रमा सम्पन्न भएको छ । मुल आयोजक समितिका अध्यक्ष अछाम निर्वाचन क्षेत्र नं.१ सांसद एवंम पूर्व मन्त्री शेरबहादुर कुँवरको अध्यक्षतमा सम्पन्न वैठकका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री डा।भीमबहादुर रावल रहनुभएको थियो । वैठकलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री डा।रावल धर्म, संस्कृति तथा पर्यटन प्रबद्र्धनको लागि कोटी होमको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो । कोटिहोमले वैद्यनाथ क्षेत्रलाई राष्ट्र तथा अन्तरराष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्ने उहाँको भनाई रहेको छ ।

वैद्यनाथ क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई उजार गरेर  पर्यटकिय क्षेत्रमा महत्वूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गर्नुभयो । मुल आयोजक समितिको वैठकले ३० वटा उपसमिति पनि गठन गरेको छ । कोटिहोम महायज्ञलाई सफल पार्नको लागि स्वदेशसँगै प्रवासमा पनि प्रचार प्रसारको लागि खटाउने निर्णय गरेको छ । वैठकमा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, साँफेबगर नगर प्रमुख राजेन्द्रबहादुर कुँवर, जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र कुँवर, वैद्यनाथ धाम पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का, वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष टेकहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।


वैद्यनाथ क्षेत्रमा आयोजना हुने कोटिहोमको राष्ट्रपति  पौडेलले उद्घाटन गर्ने÷ वैद्यनाथ धामलाई नेपालका चारधाम मध्येका एक धाम घोषणाको लागि वल पुग्ने अध्यक्ष कुँवरको जिकिर
वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समितिका अध्यक्ष अछाम निर्वाचन क्षेत्र नं।१ सांसद एवंम पूर्व मन्त्री शेरबहादुर कुँवरले कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ । वैद्यनाथमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष कुँवरले राष्ट्रपति  पौडेलेबाट कोटिहोमको उद्घाटन गरेर वैद्यनाथ धामलाई नेपालका चारधाम मध्येका एक धाम घोषणाको लागि वल पुग्ने जिकिर गर्नुभयो । उहाँले धार्मीक तथा ऐतिहासिक दृष्टिकोणले वैद्यनाथ धाम भएपनि राज्यको ध्यान नपुग्दा मान्यता प्राप्त हुन नसकेको उहाँको भनाई रहेको छ । उहाँले वैद्यनाथ आयोजना हुने कोटिहोमले धार्मिक, सांस्कृति एवं पर्यटनको महत्वको प्रचार प्रचार, वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरउन्नती, लोक संस्कृति लोकगाथाको संरक्षण सम्र्वद्धन गर्ने जिकिर गर्नुभयो । 


सांसद एवंम पूर्व मन्त्री शेरबहादुर कुँवरले वैद्यनाथ कोटिहोम महायज्ञको आयोजनाले सवैलाई उत्साहित बनाएको पनि बताउनुभएको छ । अहिलेसम्मको तयारी हेर्दा स्थानीय तहदेखि प्रदेश र संघ सरकारबाट रचनात्मक सहयोग हुँदै आएको पनि जानकारी दिनुभएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १० गतेदेखि २५ गतेसम्म वैद्यनाथ क्षेत्रमा कोटिहोम लाग्नेछ ।

प्रतिकृया दिनुहोस