• सोमबार ६-१९-२०८३
  • 05:42:32

बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी सचेतना कार्यक्रम साँफेबगरमा

बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी सचेतना कार्यक्रम साँफेबगरमा

अछामको साँफेबगरमा बालबालिका विरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘हातेमालो बाल कल्याण’ (HATEMALO Child Wellbeing) परियोजना अन्तर्गत बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ मा आयोजित अभिमुखीकरण कार्यक्रममा स्थानीय अभिभावक तथा बालबालिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिका माथि हुने हिंसा बालविवाह, लागुऔषध प्रयोग, छाउपडीप्रथा, लैंगिक हिंसा, बालश्रम र अनलाइन सुरक्षाका विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायव निरीक्षक देवेन्द्र कुवँरले 'मर्यादित महिनावारी' का सवालमा प्रस्तुती राख्नुभएको थियो । यस्तै, पत्रकार खम्म खत्रीले 'हिंसाका मुद्दाहरू न्यूनीकरण गर्न बालबालिका र सरोकारवालाहरूको भूमिका' विषयमा आफ्नो प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण आस्था नेपालका भ्वानसिंह शार्की र ध्रुब स्वारले गर्नुभएको थियो।

अभिमुखीकरणमा सहभागी अभिभावक तथा बालबालिकाहरूले बाल हिंसा र सामाजिक कुप्रथा विरुद्ध समाजमा एकढिक्का भएर लाग्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस
↑