• आइतबार ३-३१-२०८१
  • 03:57:20

अछाममा फोटो पत्रकार संघ गठन, अध्यक्षमा कुवँर र्निविरोध र्निवाचित

सरिता खड्का, फागुन १२ अछाम । 

अछाम जिल्लामा फोटो पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाको समन्वयमा जिल्लामा फोटो पत्रकार संघ गठन गरिएको हो ।

फोटो पत्रकार संघको केन्द्रको सर्कुलरमा फोटो पत्रकार संघ गठन गरिएको नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताउनु भयो । 

जिल्ला स्थित फोटो पत्रकारीतामा क्रियाशिल संचारकर्मीहरुको भेलाबाट धिरेन्द्र कुवँर ९धिरज० को अध्यक्षतमा सर्बसम्मत फोटो पत्रकार संघ अछामको जिल्ला शाखा गठन गरिएको हो । 

संघको उपाध्यक्षमा अम्मर धामी, सचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा कल्पना बोहरा, सहसचिवमा सुरत सुनार रहेका छन् । संघको कार्य समितिमा तारामान खड्का, रमेश महर सहित ११ सदस्यि कार्य समिती चयन गरिएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पूर्व अध्यक्ष बेदप्रकाश तिल्सिैना, रामबहादुर कुवँर, प्रेस युनियन अछामका अध्यक्ष टंकप्रसाद रिमाल लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस