• आइतबार ६-२०-२०८१
  • 04:12:45

सुप प्रदेशकै र्सवाधिक धनराशी रहेको भलिबलको उपाधी प्रमुख प्रशासकिय अधिकृतको टिमलाई

पूर्ण बहादुर खड्का, फागुन, १२ साँफेबगर / जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला पुरुष प्रतियोगिताको उपाधी साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद शर्माको टिमले हात पारेको छ । 

यस प्रदेशकै र्सवाधिक धनराशी रहेको प्रतियोगितामा आयोजक जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछमलाई ३ का बिरुद्ध १ सेटले पराजित गर्दे प्रमुख प्रशाकिय अधिकृतको टिमले जित हासिल गरेको हो । 

जित संगै प्रमुख प्रशाकिय अधिकृतको टिमले नगद रु. ५ लाख सहित कप, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको आयोजक जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछाले नगद २ लाख ५० हजार, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । 

खेलमा सुुरुको पहिले सेट आयोजक जिपी कोईराला प्रतिष्ठान जिल्ला शाखा अछामले जित निकालेपनि त्यसपछिका लगातार ३ सेटमा प्रमुख प्रशासकिय अधिृकतको टिमले जित निकाले संगै उपाधी हात पारेको थियो । 

प्रमुख प्रशासकिय अधिृकतको टिम नेकपा बाब्ला १३ नं. वडा कमिटीलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको थियो भने आयोजक गिरिजा प्रसाद कोइराला प्रतिष्ठान जिल्ला शाखा अछाम एन्जिला पुस्तक पसललाई पराजित गर्दै फाईनला प्रबेश गरेको थियो । 

यसअघि तेस्रो स्थानको लागि भएको खेलमा नेकपा बाब्ला १३ नं. वडा कमिटीलाई पराजित गर्दै एन्जिला पुस्तक पसलले तेश्रो स्थान हासिल गरेको हो । 

एन्जिला नेकपा गाउँ कमिटी बाब्लालाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । जितसँगै एन्जिलाले नगद १ लाख ५० हजार रूपैयाँ पुरस्कार जितेको छ भने पुरुस्कार संगै कप, मेडल र प्रमाण पत्र समेत पाएको छ । पहिलो सेट २५–२० ले जितेको एन्जिलाले त्यसपछिका लगातार दुई सेटको नतिजा विपक्षीलाई सुम्पियो । 

बाब्लाले दोस्रो र तेस्रो सेट क्रमशः २५–१६ र २५–२३ले आफ्नो पक्षमा पार्याे । त्यसपछि खेलमा फर्किएको एन्जिलाले चौथो सेट २५–१६ र पाँचौं सेट १५–१३ ले जित्यो । प्रतियोगिताको उक्त खेलमा एन्जिलाका सुवास महतो म्यान अफ द म्याच घोषित भए ।

सान्तवना मा चित्त बुझाएको नेकपा १३ नं. वडा कमिटी बाब्लाले नगद रु. ५० हजार पुरुस्कार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

प्रतियोगिता भरीमा सर्बोृत्कृष्ट खेलाडी घोषित भएका अन्तराष्टिय खेलाडी कमल गहतराजले नगद रु. १० हजार प्राप्त गरे  । उत्कृष्ट लिफट्र जनक खड्का, उत्कृष्ट सर्वर धिरज बस्नेत, उत्कृष्ट ब्लकर सुरेन्द्र बम, उत्कृष्ट खेलाडी गौरव पाण्डे, अनुशासित खेलाडी राम धामी र उदयमान खेलाडी तेजेन्द्र बिष्टले समान नगद रु. ५ हजार पुरुस्कार प्राप्त गरे ।

यस्तै प्रतियोगिताको उद्घाटनमा भएको भेट्रान खेलबाट म्यान अफ द म्याचको पुरुस्कार कञ्चन्पुर ओरिजनको तर्फबाट साँफेबगर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत लक्ष्मिप्रसाद शर्माले प्राप्त गरे । 

यस्तै आजै भएको समापन कार्यक्रमबाट प्रतियोगिता सफल पार्न सहयोगि भुमिका निर्वाह गर्ने गाँउ तथा नगरपालिका, मुख्य प्रायोजक, प्रायोजक, विभिन्न संघसंस्था, व्यापारी, मिडिाया पार्टनर, राष्टिय क्रिकेट खेलाडी कबिता कुवँर, क्रिकेटका राष्टिय एम्पाएर लक्ष्मणनाथ योगी र अन्य व्यक्तीहरुलाई समेत सम्मान गरिएको थियो । 

प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा भएको समापान कार्यक्रमका प्रमुख अतिथी पूर्व जिबिस सभापति एवंम नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँर रहनुभएको थियो । समपान कार्यक्रम बोल्दै स्वारले खेल क्षेत्रको बिकासको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

भलिवल खेलको मात्रै नभई अन्य खेलको विकासको लागि स्थानीय तहले समेत यसमा पहल कदमी लिनुपर्ने सुझाब दिनुभयो । प्रतियोगिता संचालनको लागि जिपी कोईराला प्रतिष्ठानलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो । 

समापन कार्यक्रममा पूर्व जिबिस सभापति कृष्ण प्रसाद जैशी र पन्चदेवल बिनायक नगरपालिका प्रमुख देवराज देवकोटा बिशिष्ट अथिति रहनु भएको थियो । 

कार्यक्रममा साँफेबगर नगरपालिकाका कार्बबाहक प्रमुख बिर्मला बुढ्थापा, बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का, चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुवँर, नेपाल कम्युष्टि पार्टीका शिवबहादुर कुँवर शिलोजले शुभकामना मन्तव्य दिदैँ खेल क्षेत्रको बिकासका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बलबहादुर कुवँर, राजन कुवँर, उपसभापति चन्द्र प्रसाद ढुंगाना, सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैना लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन प्रतियोगिताका प्रचार प्रसार संयोजक पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते देखि गणतानत्रीक नेपालका शिखर पुरुष जनआन्दोलन २०६२६३ का नायक पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोईरालाको सम्झनामा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका सचिव कृष्ण कँवरले जानकारी दिए ।

प्रतिष्ठानले आगामी दिनमा समेत यस्तै रचनात्मक कार्य गर्दै समाज र देशलाई टेवा पुर्याउनमा सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष यज्ञराज ढुंगानाले बताउनु भयो । 

प्रतिकृया दिनुहोस