• आइतबार ६-२०-२०८१
  • 01:12:13

अछाममा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा कुवँर र्निविरोध र्निवाचित

फागुन १२ अछाम / जिल्लामा फोटो पत्रकार महासंघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाको समन्वयमा जिल्लामा फोटो पत्रकार महासंघ गठन गरिएको हो ।

फोटो पत्रकार संघको केन्द्रको सर्कुलरमा फोटो पत्रकार महासंघ गठन गरिएको नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताउनु भयो । 

जिल्ला स्थित फोटो पत्रकारीतामा क्रियाशिल संचारकर्मीहरुको भेलाबाट धिरेन्द्र कुवँर (धिरज) को अध्यक्षतमा सर्बसम्मत फोटो पत्रकार महासंघ अछामको जिल्ला शाखा गठन गरिएको हो । 
संघको उपाध्यक्षमा अम्मर धामी, सचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा कल्पना बोहरा, सहसचिवमा सुरत सुनार रहेका छन् । महासंघको कार्य समितिमा तारामान खड्का, रमेश महर सहित ११ सदस्यि कार्य समिती चयन गरिएको छ । 

यस्तै भेलाले केन्द्रिय प्रतिनिधी समेत छनोट गरेको छ । केन्द्रिय प्रतिनिधीमा कमल रावल, सुशिल भण्डारी, नमराज भण्डारी, बिक्रम परियार, ललित बुढा, ईन्द्र थापा लगायतका रहेका छन् । 

शाखाको दोश्रो बैठकबाट प्रदेश प्रतिनिधीको समेत टुंगो लाग्ने नव निर्वाचित अध्यक्ष कुवँरले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पूर्व अध्यक्ष बेदप्रकाश तिल्सिैना, रामबहादुर कुवँर, प्रेस युनियन अछामका अध्यक्ष टंकप्रसाद रिमाल लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस