• मंगलबार २-७-२०८२
  • 10:01:50

नेकपा अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि लक्षित गरेर जुत्ता प्रहार भएको हो।

कार्यक्रममा मनतव्य सक्नै लाग्दा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन्। दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरिए पनि लागेन।

जुत्ता प्रहार गर्ने व्यक्तिको पृष्ठभूमिबारे प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनको नाम खुलेको छैन। जुत्ता प्रहार गर्ने व्यक्तिलाई सिंहदरबार वृत्तमा राखिएको छ।

प्रतिकृया दिनुहोस