• आइतबार ६-२०-२०८१
  • 04:17:03

चैत्र ११ गतेदेखी अछामकाे ब्यापारिक केन्द्र बन्द हुने

चैत्र ११ गते देखि साफेवगर नगरपालिका वडा नम्वर ३ शिद्वेश्वरमा रहेकाे हाटवजार बन्द हुने भएकाे छ । विश्वभर फैलिएको काेराेना भाइरसकाे संक्रमण नहाेस भन्ने हेतुले वजार बन्द गर्न लागिएको हाे वडा नम्बर ३ शिद्वेश्वरका वडा अध्यक्ष कृष्ण बुढाकाे अध्यक्षतामा अाज बसेकाे सराेकारवालाहरुकाे अापतकालिन बैठकले साे निर्णय गरेकाे हाे । चैत ११ गते देखि वजार बन्द हुने भएपनि अत्यावश्यक सेवा स्वास्थ्य सेवा, बैंक भने बन्द नहुने वडा अध्यक्ष कृष्ण बुढाले बताउनुभयाे । अन्य खाद्यान्न, तरकारी तथा मासु जन्य पसल प्रत्येक दिन विहान ८ वजे देखि १० वजेसम्म प्रहरिकाे निगरानिमा खाेलिने वताईएकाे छ ।

बैठकले ११ सदस्यीय वजार अनुगमन तथा नियमन समिति पनि गठन गरेकाे छ । कृष्ण बुढाकाे संयाेजकत्वमा कृष्ण कुवर, नेत्र कुवर, हेमराज कुवर दिनेश कुवर, महेश कुवर, प्रहरी र पत्रकार गरि ११ सदस्यीय समिति गठन गरिएकाे वजार अनुगमन तथा नियमन समितिका सदस्य कृष्ण कुवरले जानकारी दिनुभयाे । समितिले अाज दिउसाे ४ वजे वजार अनुगमन तथा स्टक सामानकाे विवरण पनि लिने उहाले वताउनु भयाे । भाेलिदेखि कुनै सामानकाे अभाव सिर्जना गर्ने र कालाेवजारी गर्ने ब्यपारी फेला परे कार्वाही गर्ने समितिले निर्णय गरेकाे छ । बैठकमा जिल्ला समन्वय  प्रमुख नरवहादुर कुवर र साफेवगर नगर प्रमुख कुलवहादुर कुवरकाे समेत उपस्थित रहेकाे थियाे । 

प्रतिकृया दिनुहोस