• आइतबार ६-२०-२०८१
  • 04:15:16

चिनले जानिजानी काेराेना भाइरस फैलाएको भन्दै अमेरिकी राज्य द्वारा मुद्दा दायर

चीनले नियतबस कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

 

अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको हो ।

 

शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यो महामारी नियन्त्रणको लागि निकै राम्रो काम गरिरहेको बताउँदै आएका थिए । तर, अमेरिकामा यो महामारी फैलिँदै गएसँगै उनले यसका लागि चीन जिम्मेवार रहेको संकेत गर्दै आएका छन् । यसैबीचमा मिसौरीले चीनमाथि मुद्दा दायर गरेको हो ।

 

मिसौरीले दायर गरेको मुद्दामा यो भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरु अर्बौं डलरको क्षति सहन बाध्य भएको उल्लेख छ । चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे विश्वासलाई समयमा नै जानकारी नदिएको पनि मुद्दामा उल्लेख गरिएको छ ।

 

मंगलबार दायर गरिएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरुलाई विपक्षी बनाइएको छ ।

स्रोत : बीबीसी

प्रतिकृया दिनुहोस