• आइतबार ६-२०-२०८१
  • 01:12:41

काेराेना जितेर फर्के अछामका खड्का परिवार

सुदूरपश्चिम प्रदेशको अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका ८ जनाले कोरोना बिरुद्धको लडाई जितेर घर फर्केका छन् ।

लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको ८ जनाको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

 

चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कोरोनालाई पराजित गर्दै सम्पुर्ण परिवार एकसाथ घरमा भेट हुँदा खुशीले म गदगद भएको छु ।

 

साथै उनले सम्पूर्ण स्वदेश र विदेशमा रहनुभएका आमाबुबा दाजुभाई दिदीबहिनी, पत्रकार, कलाकार विद्यार्थी, व्यवसायी सम्पूर्ण अग्रज, शुभचिंतक सम्पूर्ण देशवासी मान्यजनमा नमन सहित धन्यवाद ज्ञापन गरेका छन ।

 

भगवान देवि देउताको कृपाले आज सिंगो परिवार २६ दिन अस्पतलाको कष्ट झेलेर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस जितेर निको भई घर फर्कन पाउदाँ खुशी लागेको बताएका छन् ।

प्रतिकृया दिनुहोस