• बिहीबार ८-६-२०८१
  • 01:16:34

राजनीतिक क्रान्ती पुरा भएको छ, अब पालो कृषि क्रान्तिको 

बालाराम उपाध्याय । 

नेपाल कृषि प्रधान देश हो भन्ने कुरा सर्बबिबिदैँ छ । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालयको अनुसार यहाँ का ६५ प्रतिशतसम्म मानिस कृषिमा निर्भर छन् । जबसम्म हाम्रो आफ्नै मौलिक पद्धति मार्फत ग्रामीण क्षेत्रको बिकास हुदैन तबसम्म समग्र नेपालको बिकास सम्भव देखिन्न। किनकी ८० प्रतिशत मानिसहरुको बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्रमै रहेको अवस्था छ । हामी हालसम्म आत्मनिर्भर हुन सकिरहेका छैनौ, निर्बाहमुखी कृषि प्रणाली छ, भने वैदेशिक सहायता र बिप्रेसण ले अर्थतन्त्र धानी रहेको छ ।


जुत्ताको नाप हेरेर खुट्टा काट्ने गर्यौ भने देश समृद्ध बनाउन सकिदैन । राजनीतिज्ञ राम कार्कीको भनाई अनुसार साच्चिकै नेपाल समृद्ध बनाउने हो भने ईलम, परिश्रम, ईमान्दारिता, लगनशीलता र सृजनसिलता चाहिन्छ । हामीले राजनीतिक क्रान्ती सम्पन्न गरि सकेका छौँ । अब को पालो कृषि क्रान्तिको हो । संसारका विकसित रास्ट्रहरुको बिकासक्रमलाइ अध्ययन गर्दा सबै किसिमको राजनीतिक बिचारधारा राजतन्त्र, बहुदलीय प्रजातन्त्र र गणतन्त्र तथा आर्थिक  मोडल हरु पनि जस्तै पुजीवादी, समाजबादी र साम्यबादी आ आफ्नो ठाउँमा सफल भएका छन् । यसो हुनाको पछाडि नेतृत्वको महत्त्वपूर्ण भुमिका हुन्छ । राजनीतिले सबै क्षेत्रको नेतृत्व गर्छ । त्यसैले जुन देशको नेतृत्वमा बिकास प्रतिको मुख्य चाहना, क्षमता र तत्परता हुन्छ त्यहाँको बिकास छिटो हुन्छ ।


अर्थशास्त्री जगन्नाथ काफ्लेका अनुसार कुनैपनी देशको समृद्धिको लागि नेतृत्वमा ईमान्दारिता र नैतिकता अनिवार्य हुनुपर्छ । हामीले सधैं कति अरुको भर पर्ने, अब आफै गर्ने हो, आफै नीतिनिर्माण गरि, आफै स्रोतको ब्यबस्थापन र परिचालन गरि समृद्ध मुलुक बनेका कयौं देशहरु र नेताहरू छन् । ती मध्यका केही देश र चर्चित राजनेताहरु निम्नानुसार छन् । दक्षिण अफ्रिका नेल्सन मण्डेला, फिनल्यान्ड, म्यानेरहेमिन, कोरिया पार्कचङ्गही, सिंगापुर लिक्वाङ्ग, मलेसिया डा महाथिर मोहम्मद, संयुक्त अरब इमिरेट्स शेख जायद विन सुल्तान, चिन माओत्सेतुङ आदि । 
माथी उल्लेख गरिएका बिकासका मोडेलहरु मध्ये दुईवटा मोडलहरु बढी प्रयोगमा छन । 


१. पुजीवादी मोडेल संसारका विशेषज्ञहरु बोलाएर सुझाव सल्लाह लिने र सोही अनुसार नीतिनिर्माण गरिने मोडेल पुजीवादी मोडेल हो ।
२. समाजबादी मोडेल जो प्रत्येक पेसा र ब्यबसाय मा  संलग्न छन् ती मानिसहरुको राय सल्लाह लिएर विशेषज्ञ संग बसेर योजना बनाउने मोडेल समाजबादी मोडेल हो ।


अब यहि निरबाट ध्यान दिन जरुरी छ, हामीले कस्तो मोडेल अपनाउने, पुजीवादी ? या समाजबादी ? हाम्रो धरातलीय आधार, ऐतिहासिक भूगोल, कृषकलाई मल बीउ, किटनासक औसधि, उपकरण, सिचाइ, प्रबिधी र प्राबिधिक । मुख्यत मेरो जोड भनेको प्रबिधी र प्राबिधिक मा हो, हामिले कतै प्रबिधी दिने प्राबिधिक न दिने, कतै प्राबिधिक दिने प्रबिधि नदिने यसकारण पनि हामीले उल्लेख्य मात्रामा प्रगती गर्न सकेनौ । कुनैपनी क्षेत्रको दिगो र अपेक्षित बिकासको लागि प्रबिधि र प्राबिधिक संगै हुनुपर्ने हुन्छ ।


जमिन बाझो ! मान्छे बेरोजगार, देश कृषि प्रधान, निर्बाहमुखी कृषि, आयातमुखी अर्थतन्त्र, कुरा समाजबादका ? कसरी हुन्छ समृद्ध देश ? कल्पनाले मात्रै त हुदैन । रामायणमा परशुरामले जसरी जुनकुरा  सम्झियो त्यहीँ पुग्ने ! हामी त्यस्तो त छैनौं । समाजबादमा जाने आधारहरु के के हुन ? कुराले समाजबाद आउदैन, सफा नियत र असल प्रवृत्ति सबैमा चाहिन्छ । ५० प्रतिशित भन्दा बढि पहाडको र ३३ प्रतिशत भन्दा बढी जमिन तराईमा बाझो देखिन्छ । जम्मै जमिन टुक्राटुक्रा पारिएको छ । जमिन बाझो छ । खाद्यान्न बाहिराबाट भित्रयाईन्छ ।  


लकडाउनको दुई महिनाको अवधिमा आयात १ खर्बको हाराहारी छ भने निर्यात ७ अर्ब मात्रै छ । उत्पादन वृद्धि, निर्यात प्रबर्द्धन र आयात बिस्थापनमा जोड दिन जरुरी छ । हामिले मेसिन औजार उत्पादन गर्न सक्दैनौं, तत्काल उत्पादन वृद्धि गरेर निर्यात बढाउन सकिने भनेको कृषिजन्य बस्तु नै हो त्यसैले हामिले योजनाबद्ध भएर कृषिमा लगानी र युवा परिचालनको नारा दिदै कृषिको बिकास गर्न सकेमा अबको २० बर्षमा हामी बिकाशिल देशमा गणना भै सक्छौं । यो बेला हामीलाई फेरि अर्को चुनौती थपिएको छ कोरोना भाइरसको महामारिले गर्दा आन्तरिक उद्योग बन्दछ्न, राजस्व वृद्धिमा गिरावट छ, बिश्व अर्थतन्त्रमै गिरावट आउने निश्चितै छ । हामीलाई अनुदान र ऋणदातहरु बाट प्राप्त हुने वैदेशिक अनुदान या ऋण अपेक्षाकृत उपलब्ध हुने सम्भावना कम छ ।

रोजगारीको सिलसिलामा बिदेशीएका युवाहरू फिर्ता हुदैछन र बेरोजगारी समस्या बढ्दैछ । वैदेशिक ऋण र अनुदान पनि कम हुने, बिप्रेसणमा पनि कमि आउने हो भने अर्थतन्त्र धरासायी हुने सम्भावना छ । गरिबी बढ्ने छ, यसबाट पार लगाउन कृषिमा लगानी बढाई यसको आधुनिकिकरण गरिनुपर्छ । यो हाम्रो लागि चुनौती मात्रै हैन अबसर पनि हो । बिदेश बाट फर्किएको युवा जनशक्ति कोहि विभिन्न किसिमको दुख कष्ट झेलेर आएको छन् भने, कोहि अनेक प्रकारका सिपहरु सिकेर आएका छन् जो स्वदेशमै केही गर्न चाहन्छन, उनिहरुलाइ कृषिमा लागाएर बाझो जमिनको सदुपयोग गरेमा तुरुन्तै प्रतिफल पनि प्राप्त हुने र बेरोजगारीको पनि अन्त्य हुने (सन्जिबनी बुटि) कृषिको सबलिकरण र आधुनिकीकरण नै हो ।

साच्चिकै हामीले डटेर लाग्ने हो भने २ बर्ष भित्र खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुग्धजन्य बस्तु, काठजन्य बस्तु र सुर्तीजन्य बस्तुको हालको ब्यापार घाटा कुल आयातमा १५ प्रतशित ओगटेको छ, यो शून्यमा झार्न सक्छौ । यतिमा मात्रै आत्मनिर्भर भयौ भने पनि नेपालले समृद्धीको यात्रा केही पूरा गर्छ । बिना संकोच, बिना हिच्किचाहट, युवाको कृषिमा प्रबेस भएमा मात्रै समृद्ध नेपाल बन्छ जसले समाजबाद तिर जान मार्ग प्रशस्त गर्छ । कृषि कार्यमा लागौँ शुद्ध र ताजा खानेकुरा उत्पादन गरौं, निरोगी बनौं, धेरै बाचौ र अरुलाइ पनि बचाऔं । यसले नै नेपालको समृद्धिको लागि महत्त्वपूर्ण भुमिका खेल्ने छ ।
       
 

प्रतिकृया दिनुहोस