• आइतबार ६-२०-२०८१
  • 04:18:08

मेल्लेख गाँउपालिकाको प्रशासनिक भवन र १५ शैया आधारभुत अस्पतालको उद्घाटन ।

मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय (प्रशासनिक भवन) को भदौ २८ गते उद्घाटन गरिएको छ। सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न पश्चात उद्घाटन गर्नुभएको हो । २ करोड १५ लाख लागतमा साढे दुई तले प्रशासनिक भवन निर्माण गरिएको मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिर्घ खड्काले जानकारी दिनुभयो । निर्वाचनको समयमा आफुले गरेका प्रतिबद्धता विस्तारै पुराहदै गइरहेको अध्यक्ष वोहराको दावी छ। गाउँपालिका सधैंव मेल्लेखवासी नागरिकको सेवामा लागिरहेको वताउदै वोहराले, गरिककले समेत पालिकाको विभिन्न ठाउँमा हुने गरेका विकास निमार्णको काममा चासो राख्न नागरिकलाई आग्रह गर्नुभएको छ ।प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने मेल्लेख गाउँपालिका उपाध्यक्ष धनवहादुर शाहीको विश्वास छ । मेल्लेख गाउँपालिकाले सधै समृद्धिका सपना देख्ने गरेको र ती सपनाहरुलाई देखेर पन्छ्याईरहेको हुदा गाउँपालिले समृद्धिको बाटो पन्छ्याईरहेको शाहीले वताउनुभयो । दशै सम्म मेल्लेख गाउँपालिकाक वडा नं ३ ठाटीमा कुटिल उघोग स्थापना गर्ने लक्ष्य रहेको पालिकाले जानकारी दिएको छ । यस्तै सोमबार नै मेल्लेख गाउँपालिकामै सूचना प्रविधि केन्द्रको समेत उद्धाटन गरिएको छ। सबैले मेल्लेख सूचना प्रबिधि केन्द्रबाट गाउँपालिकाबाट गरेका गतिविधि हेर्न सकीने सूचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले जानकारी दिनुभएको छ ।पालिकावासीलाई सहज सुलभ तरिकावाट स्वास्थ्य सेवा प्रदान गर्न १५ शैयाको अस्पातालको समेत सोही दिन उद्घाटन गरिएको छ । मेल्लेख गाँउपालिका वडा नम्वर ५ विन्देवासीनीको चौखुट्टेमा अस्पतालको स्थापना गरिएको छ । 

प्रतिकृया दिनुहोस