• आइतबार ६-२०-२०८१
  • 04:14:24

साँफेबगरका सबै सामुदायिक विद्यालयमा अर्गानिक खाजा खुवाईने

साँफेबगर नगरपालिकामा संचालित सबै सामुदायिक विद्यालयमा स्थानिय कृषी उपजमा आधारित खाद्यान्न सामाग्रीबाट दिवा खाजा आपूर्ती गरि दैनिक रुपमा खाजा खुवाइने भएको छ । स्थानिय कृषी उपजमा आधारित बिद्यालय दिवाखाजा आपूर्तीका लागि साँफेवगरमा भाद्र ९ गते बृहत छलफलको आयोजना गरिएको छ ।

स्थानिय तहका विद्यालयमा दिवाखाजा कार्यक्रमलाई सहजिकरण गर्नका लागी कार्यक्रमको आयोजना गरिएको हो । प्रस्तावना पेश गरेका इच्छुक सहकारी साँफेबगर नगरपालिका मा संचालित सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक लगायत अन्य सरोकारवालको उपस्थितमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न हो । दिवाखाजाका लागि मुल्य निर्धारण गरी आगामी दिनमा बिद्यालयमा नियमित रूपमा प्रयोगमा ल्याउने खाजाको मेनु समेत तयार गरिएको छ ।

दिवा खाजा ब्याबस्थापन उपसमिति संयोजक एंव नगर उपप्रमुख शिवबहादुर कुवरको अध्यक्षतामा भयको कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुवर प्रमुख अतिथि रहनुभयको थियो । कार्याक्रमको सञ्चालन शिक्षा अधिकृत हिरादत्त भट्टले संचालन गर्नुभएको थियो भने कार्यक्रममा वडा अध्यक्षहरु सहकारीका प्रतिनिधि सामुदायिक विद्यालयका प्रधानाध्यापक समुदायमा आधारित बालबिकासका सहजकर्ता वाक नेपाल कार्यसमिति सदस्य मीन बहादुर कुवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मर्सीकोर नेपालका सौगात दाहाल विश्व खाद्य कार्यक्रमका बिराट भण्डारी र वाक नेपालका बम भट्टले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस