• आइतबार ६-२०-२०८१
  • 04:14:56

एभोकाडो बोकेर जनप्रतिनिधी घरघरमा

अछामको मेल्लेख गाउँपालिकामा एभोकाडो खेती विस्तारको लागि एक घर दुई विरुवा अभियान सुरु गरिएको छ । जनप्रतिनीधीहरु घरघरमा पुगेर एभोकाडो वितरण अभियानमा लागेका हुन । एभोकाडो निशुल्क वितरण गर्ने अभियान आईतवार देखि सुरु गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखको सुयडिमा नर्सरी उत्पादन गरि एभोकाडो विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेको हो । सोहि क्रममा पालिकाको  वडा नं।  ८ हात्तिकोटका २७२ जाना कृषकलाई ५४४ वटा एभोकाडो विरुवा निशुल्क वितरण गरिएको कृषि विकास शाखा अधिकृत मदन साउदले जानकारी दिनुभएको छ । पहिलो चरण वडा न। ८ हतिकोट वडा न। ५ बिन्धेवासनी,वडा न। ४ कुस्कोटमा वितरण गरिने भएको छ । 


क्रमशः पालिकाको सवै वडामा एभोकाडो विरुवा विस्तारको लागि कार्यक्रम तयार भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएको छ । तालिका अनुसार आज सोमवार वडा नम्वर ५ विन्देवासीनीको रोकायागाउ खिमाडा र जाब्ला टोलमा वितरण गरीएको उहाले वताउनुभयो । नेपालीमा घिउ फल भनिने एभोकाडो मेल्लेखमा कृषि विकास शाखाले विऊ खरिद गरि पोलिव्यगमा नर्सरी उत्पादन गरेको थियो ।

एभोकाडो हर दृष्टिले महत्वपूर्ण फलफूल बाली हो । भोक र रोग प्रतिरोधको दृष्टिले यसको फाईदा धेरै हुन्छ । यसको रुख तीनतले खेतीका लागि पनि उपयुक्त छ । एभोकाडो मुनि अदुवा, खुर्सानी, बेसार, जडीबुटी लगायतको खेती गर्न सकिने हुदा कृषकहरु हौसियको वडा नम्वर ५ का अध्यक्ष प्रकाश अधिकारी वताउनु हुन्छ । एभोकाडो बातावरणीय हिसाबमा समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो धेरै उत्पादन भए क्रिम, बटर, साबुन, तेल, मायोनेज सस, वाइनलगायतका भ्यालु एडेड चिजहरू बन्छ ।

एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित हुने  भएको छ । यो बालीले नयाँ प्राविधिक उत्पादनको आहृवान गरिरहेको छ । एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर रहेको मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताउनुभयो ।  एभोकाडो मेल्लेख गाउँपालिका को लागि नयाँ फल भएकोले यो फलको महत्त्व धेरै भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी गराउनु भएको छ । 

एभोकाडोको व्यावसायिक खेतीका लागि मेल्लेख गाउँपालिका कृषि प्राबिधिक लोकेन्द्र साउद  प्रेम बहादुर बुढा सुमन चौधरी लगायतको टोली कृषकको टोल टोलमै पुगेर एभोकाडो वितरणका साथै  सहजिकरण गरिरहनु भएको छ ।

प्रतिकृया दिनुहोस