• आइतबार ६-२०-२०८१
  • 04:15:20

किबि खेतीलाई व्यापक बिस्तार गर्दै मेल्लेख

अछामको मेल्लेख गाउँपालिकाले लेकाली भेगमा किबि खेती बिस्तारलाई तिब्रता दिएकाे छ ।  किबि खेतिलाई व्यावसायिक रुपमा अगाडि बढाउन  मेल्लेख गाउँपालिका कृषि बिकास शाखाले किबि खेती बिस्तार कार्यक्रम लाई निरन्तरता दिदै आएको हाे ।

बुधबार मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदकाे नेतृत्वमा कृषि विकास शाखाका प्राबिधिक सहितको टाेलि द्वारा कृषककाे घरदैलोमा पुगेर मेल्लेख गाउँपालिका वडा न. ३ ठाटीकाे लेकाली भेग र ४ नम्बर वडा काे माथिल्लो भु-भाग समेटिने गरि ६२ घर परिवारका  कृषकहरुलाई  निशुल्क १४ सय  विरुवा  किबि  कृषकहरुलाई बिरुवा वितरण गरिएको जनाएको छ । विरुवा वितरणमा कृषककाे घरदैलोमा आफै  पुग्नु भएका   मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले किबि  तथा फलफुल खेति मार्फत कृषकलाई आत्मनिर्भर बनाउन मेल्लेख गाउँपालिकाका सबै वडामा ठाउँ अनुसार फलफूल खेतिलाई पकेट क्षेत्रकै रुपमा विस्तार गर्न  कार्यक्रम अगाडि बढाइएको  बताएका छन ।

मेल्लेख गाउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नाैले रावलले ठाटिकाे लेकालि भेगमा रहेकाे बाँझो जमिन उपभाेग हुने भएको  भन्दै विरुवा लगाएर राम्रोसँग संरक्षण गर्न पर्ने बताएका छन । बिरुवा बितरण कार्यक्रममा मेल्लेख गाउँपालिका कृषि विकास शाखा अधिकृत मदन साउद कृषि  प्राबिधिक लाेकेन्द्र साउद अमृतकुमार वली लगायतको सहभागिता रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस