• आइतबार ६-२०-२०८१
  • 01:17:14

अस्पताल जाँदाजाँदै बाटैमा जन्मियो बच्चा, आमा बच्चा दुवै सकुशल

इलाम – इलामको इलाम नगरपालिका ३ की एक महिलाले भने सकुशल सडक मै बच्चालाई जन्म दिएकी छिन् ।  बुधबार घरबाट सुत्केरी गराउन अस्पतालतर्फ ल्याउँदै गर्दा गोमा थापाले बच्चालाइ सडकमा नै जन्म दिएकी हुन्  ।

घरबाट अस्पताल हिँडेकी गोमालाई इलाम नगरपालिका वडा नम्बर–४ मा रहेको पुवाखोला बजार आइपुगेपछि सुत्केरी बेथाले च्यापेको थियो । अस्पतालसम्म नआइपुग्दै सुत्केरी बेथाले झन् झन् च्यापेपछि थापाले स्थानीय महिलाहरुको सहयोगमा सडकमा नै बच्चालाई जन्म दिएको श्रीमान रामचन्द्र थापाले बताउनुभयो । 

उहाँले भन्नु भयो,‘बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा बेथाले निकै च्यापेपछि गाडी बाटैमा रोकियो । इलाम नगरपालिका–४ मा रहेको पुवाखोलाबजारको बीच सडकमा नै गोमाले बच्चालाई जन्म दिइन् ।’ बच्चा र आमा दुवै सकुशल हुन भएकोमा अस्पताल र सडकमा प्रसुति हुनुमा कुनै दुःख नलागेको रामचन्द्रको भनाई छ । 

इलामका अधिकाँश ग्रामीण क्षेत्रमा यातायातको सुविधा नभएकाले सर्वसुलभ सेवा लिनमा समस्या छ ।  स्वास्थ्य संस्था, अस्पताल टाढा भएका कारण स्वास्थ्यसम्बन्धी सेवा लिन घण्टौं धाउनुपर्ने बाध्यता समेत रहेको छ ।

प्रतिकृया दिनुहोस