• आइतबार ६-२०-२०८१
  • 01:10:47

दृष्टिविहिन झुप्रीको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

भ्याइस अफ नेपाल नामक रियालीटी शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारीको स्वरमा पहिलो गीत बजारमा आएको छ। झुप्रीको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सडक मिडिया मार्फत बजारमा ल्याइएको छ।

‘आँखा देख्‍ने भए, मलाई हेप्‍ने समाज हेर्ने थिएँ’ भन्ने झुप्रीले आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। देउडा गायक पाण्डव विष्टको पुरानो भाका ‘वचपनको मुले’ बोलको गीतबाट लिइएको छ। गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्।

https://youtu.be/uonXEqIZ8WI

प्रतिकृया दिनुहोस