• आइतबार ६-२०-२०८१
  • 01:14:41

कैलालीमा हुने प्रादेशिक क्यान ईन्फोटेक २०२० को सयोजकको जिम्मेवारी केन्द्रिय सदस्य ढुंगानालाई

केन्द्रीय सदस्य खेमराज ढुंगाना

माघ १९ धनगढी ।।
धनगढीमा हुने सुदूर पश्चिम प्रादेशिक क्यान इन्फोटेक २०२० को संयोजकको जिम्मेवारी क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगानालाई दिइर्एको छ । 


क्यान प्रदेशको निर्णय अनुसार धनगढीमा हुने क्यान इन्फोटेक २०२० को व्यावस्थापनका लागि ढुंगानालाई संयोजकको जिम्मेवारी दिईएको क्यान प्रदेश कमिटी धनगढीले जनाएको छ । 

क्यान महासंघ केन्द्रिय समिती काठमाण्डौको संरक्षक तथा प्रदेशको समन्वयमा क्यान ईफोटेकको आयोजना भने कैलाली जिल्लाले गर्ने जिल्ला अध्यक्ष नरेश धामीले बताउनु भयो । 

सुचना प्रविधिको जानकारी सर्वसाधारसम्म सहजै पुगोस भन्ने मुख्य उदेश्यका साथ क्यान ईन्फोटेक २०२० को आयोजना गर्न लागिएको क्यान कैलालीका अध्यक्ष धामीले बताउनु भयो ।  

फागुन २८ देखी चैत्र १ गते सम्म धनगढीमा संचालन हुने क्यान ईन्फोटेकमा आईटी सेमिनार, सुचना प्रविधीका स्टल, सुचना प्रविधीका सामाग्री बिच प्रतिष्पर्धा, बिजनेश प्रमोसन, सुचना प्रविधी सुरक्षा लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । 

प्रभु पे क्यान ईन्फोटेक २०२० एसोसिएट विथ वर्डलिंकको मुख्य व्यानरमा केन्द्र देखी सबै प्रदेशहरुमा क्यान ईन्फोटेक २०२० संचालन भईरहेको छ । 


 

प्रतिकृया दिनुहोस