सुदूरपहाडमा लगातार दुईपटक भूकम्प !
धिरज कुँवर, २५ माघ - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार २ पटक भूकम्प धक्का महसुस गरिएको छ ।
पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिष्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको गएको हो ।
पहिलो भूकम्पको केन्द्रबिन्दु बझाङ र दोस्रोको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको उहाँले बताउनुभयो ।
भूकम्पको धक्का बैतडी,दार्चुला,बझाङ,अछाम लगायतका जिल्लामा गरिएको हो । भूकम्पवाट कुनै पनि क्षती भएको छैन् ।
प्रतिकृया दिनुहोस