• बुधबार ७-७-२०८१
  • 02:18:56

सुदूरपश्चिम प्रदेश स्तरिय क्यान ईनफोटेकको तयारी तिव्र पारिदैँ

फागुन १० 
आगामी चैत्र ४ देखि ७ गते सम्म धनगढीमा हुने सुदूरपश्चिम प्रदेश स्तरिय क्यान ईनफोटेकको तयारी तिव्र हुदै गएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासघ (क्यान) को आयोजनामा हुने क्यान इन्फोटेकको व्यावस्थापनका लागि विभिन्न उपसमितीहरु गठन गरिएको छ । 

क्यान महासंघ कैलालीका अध्यक्ष नरेश धामीको अध्यक्षतामा शनिबार बसेको बैठकले भक्तबहादुर बिष्टको संयोजकत्वमा स्टल व्यावसथापन समिती, नरेन्द्र राज अवस्थीको संयोजकत्वमा प्रचार प्रसार समिती, प्रकाश देउवाको संयोजकत्वमा आर्थिक व्यावसथापन समिती गठन गरिएको क्यान ईन्फोटेकका संयोजक तथा केन्द्रिय सदस्य खेमराज ढुंगानाले बताउनु भयो । 

उहाँले भन्नुभयो क्यान ईन्फोटेकको व्यावस्थापनका लागि उपसमिती गठन गरिएको र तयारी पनि तिव्र रुपमा भईरहेको छ । सुचना तथा संचार प्राविधिका क्षेत्रमा भएको बिकास एवं प्रबिधिको जानकारीका साथै थप ज्ञान हासिल गराउनका लागि प्रदर्शनी हुने क्यानले जनाएको छ ।

प्रदर्शनीलाई आकर्षक बनाउन अत्याधुनिक टेक्नोलोजीको प्रदर्शनी, फ्री सर्भिस क्याम्प तथा रोबर्टर डोर्नको प्रदर्शनी र प्रतिष्पर्धा, आइटी सेमिनार समेत प्रदर्शनी, केटाकेटीहरुका लागि खेल क्षेत्रको समेत व्यावस्था गरिने क्यान ईन्फोटेकका संयोजक तथा केन्द्रिय सदस्य खेमराज ढुंगानाले जानकारी दिनुभयो । 

प्रदर्शनीमा विभिन्न रास्ट्रीय तथा अन्तर्रा्ष्ट्रिय स्तरका कम्पनीहरुको सहभागिता रहने जनाइएको छ । इन्फोटेकले सरकारले ल्याएको “डिजिटल नेपाल फ्रेमवर्क“ तथा पर्यटन भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने बिश्वास लिइएको आयोजक सस्था क्यान कैलालीका महासचिव यज्ञराज ओझाले बताउनु भयो ।

इन्फोटेकमा २ करोडको कारोबार हुने एवं १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको इन्फोटेकका संयोजक तथा क्यानका केन्द्रिय सदस्य खेमराज ढुङ्गानाले बताउनु भयो । मेला ४ दिन सम्म धनगढीको ॐ प्यालेसमा आयोजना हुनेछ ।

https://www.facebook.com/events/203604011018606/

प्रतिकृया दिनुहोस