• आइतबार ६-२०-२०८१
  • 04:14:33

बुढी गंगा जलबिधुत आयोजनाको डिपिआर तयार भएन  

छामको निमार्णधिन बुढीगंगा जलबिधुत आयोजनाको २३ बर्ष बित्दा समेत बिस्तृत परियोजना प्रतिबेदन बन्न सकेको छैन । आयोजनाको २०५२ साल देखि अध्ययन सुरु भएको थियो ।  अष्टेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सिले २० मेगावाट क्षमताको बुढीगंगा जलबिधुत आयोजनाको डिपिआर तयार पार्ने जिम्मा पाएका थिए ।

डिपिआर तयार नभएपछि आयोजनाको टेण्डर प्रकृयामा अगाडी बढ्न सकेको छैन । बि.स २०७७ मा आयोजना निमार्ण कार्य सक्ने लक्ष्य रहेको थियो तर अहिलेसम्म डिपिआर तयार नभएपछि २०८० सक्ने योजना बनाईएको छ । ईन्जिनियर सेरोक्स सुकुपायोका अनुसार डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । ‘डिपिआरको ड्राफ्ट बुझाएको छ उनले भने हाईड्रा पावरको अध्ययनका लागी समय धेरै लाग्ने भएकाले डिपिआरको काम लम्बीएको हो । अब कात्र्तिक महिना भित्र अन्तिम प्रतिबेदन बुझाएपछि टेण्डर प्रकृयामा जानेछ ।’ आयोजनाबाट उत्पादित बिधुत यस क्षेत्रका जिल्लाहरुमा प्रयोग हुने र बाँकि रहेको बिधुत कैलालीको लम्की स्थित सब–स्टेशन मार्फत केन्द्रिय प्रसारणका जोड्ने योजना रहेको छ । आयोजना नेपाल सरकार,उर्जा मन्त्रालय,बिधुत बिकास बिभागबाट निमार्ण गर्न लागिएको हो ।

आयोजनाको निमार्णका लागी साउदी फण्ड फर अरव इकोनोमिक डेभलप्मेन्टले ३ अर्ब र कुबेत फण्ड फर अरव इकोनोमिक डेभलप्मेन्टले १अर्ब ८० करोड संयुक्त ऋण लगानी गर्ने र बाँकि अपुग रकम नेपाल सरकारले व्यहोर्ने गरी सम्झौता भएको थियो । आयोजनालाई तोकिएको मापदण्ड तथा अनुमानित लागतमा बि.स २०७७ सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि अहिलेसम्म डिपिआर तयार हुन सकेको छैन । आयोजना स्थल घुघुरकोटको ठाटीमा अहिले पुर्वाधार निमार्ण अन्र्तगत कार्यालयको भवन, पावर हाउससम्म जाने बाटो पुल (पहुच मार्ग) निमार्णको कार्य भईरहेको सिनियर डिभिजिनल ईन्जिनियर बिर बहादुर बोहोराले बताए । ‘उनले भने पुर्वाधार अन्र्तगत निमार्णधिन भवन र पुलको काम पनी ठेकेदारको लार्पबाहिका कारण ढिलासुस्ती भईरहेको छ ।

आयोजनाप्रति यहाँका राजनितिक दलहरुको चासो र चिन्ता कसैको पनि देखिएन । आयोजनामा कसैलाई जागीर लगाउनु परे मात्र फोन आउन छ । अनुभव नै नभएको मानिसहरुलाई निमार्ण कार्यमा ठेकेदारहरुले खटाउदा समस्या आउने गरेको छ ।’ ८ करोड ६४ लाख लागतमा निमार्ण हुन लागेको कार्यालय भवन निमार्णको कार्य गत असोजमा सम्पन्न गरीसक्नु पर्ने भएपनि अहिलेसम्म ५० प्रतिशत काम समेत हुन सकेको छैन ।

१२ करोड ५२ लाखमा निमार्ण हुन लागेको पक्की पुलको काम १९ प्रतिशत मात्र भएको छ । पुल निमार्णको सम्झौता यहि साउन १९ गते सकिदै छ । भवन निमार्णको जिम्मा बिकोई बिल्डर्सले लिएको छ भने पुल निमार्णको जिम्मा श्री हिम सगरमाथा, श्री गीता र श्याम सुन्दर जेभीले लिएका छन् । पटक पटक ताकेता गर्दा समेत ठेकेदार कुनै वास्ता नगर्दा पुर्बाधार निमार्णको कार्य पनि सुस्त गतीमा समेत अगाडी बढ्न नसकेको बोहोराले बताए । 
 

प्रतिकृया दिनुहोस