• बुधबार ७-७-२०८१
  • 02:43:56

संक्रमितसंग अाएका मेल्लेखका ११ जना करेन्टीनमा

अछामकाे मेल्लेख गाउपालिका वडा नम्बर ४ का एक जनालाई काेराेना संक्रमण देखिएसंगै उच्च सतर्कता अपनाईएकाे छ । जेठ ८ गते भारतवाट अछाम अाउने क्रममा गाैरीफन्टा नाकामा काेराेना परिक्षणकाे क्रममा ३२ बर्षिया पुरुषलाई पाेजेटिभ देखीएकाे हाे । संक्रमित युवकसँगै आएका मेल्लेख गाउपालिकाका ११ जनालाई क्वारेन्टिनमा राखिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहोराले जानकारी दिनुभयाे । हालसम्म मेल्लेख गाउपालिकामा १ सय ३४ जना पुगेकाे र उनिहरु सबैलाई करेन्टिनमा राखिएको उहाले जानकारी दिनुभयाे । अाईतवार साझ मात्र थप २३ जना मेल्लेख अाईपुग्ने पनि उहाले वताउनुभयाे । साेमवार संका लागेकाहरुलाई पिसिअार र अन्यलाई अारडिटी परिक्षणकाे लागि जिल्ला स्वास्थ्य कार्यालय अछामसंग समन्वय भइरहेकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले वताउनु भयाे ।

 

अछामका विभिन्न पालिकाहरुले अाफ्नाे नागरिकहरुलाई उद्वार गरि भित्र्याउने काम प्रसंसा याेग्य भएपनि काेराेना परिक्षण नगरेर भित्र्याउन थालिएको भन्दै नागरिहरुले स्थानीय सरकारकाे अालाेचना समेत गर्न थालेका छन् ।

 

प्रतिकृया दिनुहोस